"बाचाहरू " - रिपेश पहाडी

 


"बाचाहरू "

" कुनै अनन्त त कुनै छडिक,
कुनै अन्धविश्वासि त कुनै शंखाभरी
त्यसैले त छन् कहिले जीवित ,
त कहिले सास बिनाका मूर्तिसरी !

हो, बिवस छन् आज ती नामिक बाचाहरू
अस्तित्व नै दाउमा राखी सास रुपी मूर्ति माथि ।
सोच्छन् जसले,
अनगिन्ती बाचाले नै हुन्छ तिनको शिर माथि !!




बस ,अब खाँचो छ त केवल एक साचोको ,
जसले फुकाइदिओस ती झुटा मन भित्रका
खियारूपी ताल्चाहरू।
शायद,
अब त ढल्लान् नि ती सास भरी मूर्तिहरू ,
तोडछन् जसले छणभरमै अनगिन्ती बाचाहरू " !!

-रिपेश पहाडी 

Post a Comment

Previous Post Next Post