युवाको आवाज- रिपेश पहाडी
बुवा
भयो छाड्नुस
जिद नगर्नुस्
हिजो पार्टी बोकेर भोट हाल्नु भो ।
सोहि
खाडिमा आज बालुवा बोकेर
बाबा पसिना फाल्दै हुनुहुन्छ ।
भयो छाड्नुस
जिद नगर्नुस्
हिजो पार्टी बोकेर भोट हाल्नु भो ।
सोहि
खाडिमा आज बालुवा बोकेर
बाबा पसिना फाल्दै हुनुहुन्छ ।
पाल्दै हुनुहुन्छ
तपाईं, मलाइ
त्यो दुख भोगि पसिना पोखेर
बुवा
समय फेरियो
रेखा कोरियो नया युग र समयको
हिजो
तपाइले खनेको बाटोले मेरो गन्तब्य भेट्दैन ।
युवाको पीडा मेट्दैन ।।
बुझ्नुस,
विश्राम लिनुस अब
राजनीति नराम्रो भयो
संविधान मेटिदै गयो।
युवा खाडिमा पस्दा
तपाईं गाडिमा बस्नु हुन्छ ।
हेर्नुस् त तपाइ कसरी बिकास गर्नुहुन्छ ।
अब
हर्क जागीसके ।
राजनीतिमा लागिसके ।।
एक दुई गर्दै
सयौं युवा आउनेछन्
बाटो बनाउनेछन्
जसले
तपाईं मेरो सबैको गन्तब्य भेट्नेछ
मर्का मेट्नेछ ।
︎︎बुवा
राजनीति युवालाइ पुकारीरहेछ
अब
सुम्पिनुस युवालाइ
यो देश
मुहार फेरिनेछ
बेरिनेछ बिकासको त्यो गाठो
जस्ले समृद्धी बाध्नेछ ।
बुवा
नदिनुहोस आश्वासन
देश सिङापुर बानाउछु भनेर,
म नेपाली ठिटो
मैले सुनौलो नेपाल खोजेको हु
बिकसित सिङापुर हैन ।
बुवा
हिजो क्रान्ति भन्दै लडाउनु भयो ।
कहिले जन आन्दोलन भन्दै खटाउनु भयो ।।
म अब त नेतृत्व गर्छु भन्दै कुर्दै थिए
रेमिटान्स लिन बिदेश पठाउनु भयो ।।
बुवा
५ बर्सिय कार्यभारलाई पालैपालो बोक्ने हजुर
अब बृद्ध हुनुभयो
भारी मलाइ दिएर तपाईं मार्गदर्शक बन्नुस बुवा
म देश हाक्नेछु ।।
अब
म पनि राजनिती गर्छु
सबै युवाको नजरमा परि कुशल नेतृत्वको सुरुवात गरेर
म जनाउनेछु ।
म नेपाललाइ नेपाल बनाउनेछु ।
बुवा
साहस अनि जोस युक्त
युवा लिइ आउनेछु म
तपाईं विश्राम गर्नुस बुवा
अब बटो खन्न दिनुस् ।
हिजो
तपाइले खनेको बाटोले मेरो गन्तब्य भेट्दैन ।
युवाको पीडा मेट्दैन ।।
Post a Comment