विश्राम -रिपेश पहाडी
: म त्यसै झुलेको हैन,
यात्रामा थाकेर विश्राम लिएको हु
गन्तब्य भुलेको छैन ।
देखाउने छु
गलत बाटो हिडिस भन्नेलाइ
भड्किएको हुँ
सरल बाटो खोज्नलाइ
अन्त कतै डुलेको हैन।,
यात्रामा थाकेर विश्राम लिएको हु
गन्तब्य भुलेको छैन ।।
सुर्यको किरण झै
आज कमजोर हुँदै अस्ताएनि
भोलि अध्यारो लाई चिर्दै उदाउने छु ।
धेरै हासे
मलाइ अफ्ठारो पर्दा ।
पहाड चढेर आएको हु
कसैले चडाएर हैन,
म चिप्लिएर लडेको हु
डराएर हैन ।
तयार भएको छु
गुडेको छैन ।
चप्पल हो चुडेको
हिम्मत चुडेको छैन ।
कोपिला छु अझै
फुलेको छैन ।।
यात्रामा थाकेर विश्राम लिएको हु
गन्तब्य भुलेको छैन ।।
अब उठ्छु
यात्रा पूरा गर्छु
चुटेको चप्पल टाल्नुछ ।
खोजेर संघर्षको तेल
आशाको दियो बाल्नुछ ।।
भेलमा पस्छु
पौडिन सिक्छु र पार गर्छु
ती तमाम जटिलतालाइ ।
कोपिला थिए,
फक्रिने बेला आइसक्याे ।
भैसक्यो,
उदाउने बेला।
घामको किरण छाइसक्यो ।।
Post a Comment