बिछलित मन निरन्तर को झरी
खुसी उडेका चेहेरा
सबै थोक ले रुमलिएको जिन्दगी
आत्मा ले पनि मन मनै भन्दो हो
तँ कस्तो पाखणडी !
उ पर त्यहा हेर त बाहिर
तँ जस्तै मान्छे हरु को बथान
हासिरहेका रमाइरहेका मुस्कान को ताज पहिरिएर
खुसी को सास फेरिरहेका
तँ तँ भने कस्तो मूर्ख
आफ्नै जिउदो जीवन लाई आफै दागबत्ती दिरहेको छस्
लेख्दा लेख्दै आफै लाई चिता मा पुरयाइसकिस्
कलम ले पनि मसि सङ भन्दो हो
यो कस्तो असन्तोकी
हुन पनि हो
कसैले मलाइ कठालाे समातेर
यो बन्दा कोठामा थुनेको पनि हैन
म आफै ले आफै लाई अपराधी मानेर
नजर बन्द मा बसिरहेको छु
देखेका सपना पनि अब त थोत्रा मोत्रा भएर मक्किसके
कबाड मा पनि न बिक्ने गरि
मलाइ माफ गरिदे सपना त सङ गरेका सम्झौता
बिलिन हुँदै गैरेहेको मा !!
लाग्छ सपना ले पनि भन्दो हो
तँ कस्तो काँतर अनि बेइमानी!!
म एक्छिन मौनता मा हराए
आत्मा ले धिकारेको
कलम ले गिज्याएको
र सपना ले पुकारेको
सबै सुनिसके पछि लाग्यो
मैले आत्मा लाई हसाउनु छ
कलम ले खुसी र सफलता लेख्नु छ
सपना लाई मुर्तरुप दिनु छ
तर तर पनि बाटो लचिलो हुने वाला छैन
टाढा टाढा जानू छ
गन्तव्य सजिलो छैन
जिन्दगी को कठिन मोड मा
यात्रा पनि सजिलो छैन
जिन्दगी को आकार बनाउन
सपना साकार बनाउन
मजबुरि को लालटिन बालेर
मेहेनत ले दिने उज्यालो प्रकाश लिएर
सोचेका सपना सम्म पुरयाउनु छ
जिन्दगी लाई !!
केही न भए पनि धेरै न भए पनि
यात्रा पथ मा हिंड्दै जादा
सफलता को सुत्र फुराउनु छ
जिन्दगी लाई !!
सोचेका सपना सम्म
पुराउनु छ जिन्दगी लाई
भो म अब मर्दिन आफुलाइ र मर्न दिन्न सपना
मरिसकेको म लाई फेरि उठाउनु छ र
खुसी को कोपिला ले
फुलाउनु छ जिन्दगी लाई !!
Post a Comment